पनौतीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


मेचीकाली

पनौती– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पनौती आधारभूत बिद्यालयमा एक दिने निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक तथा अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा सम्पन्न भएको शिविरमा २० जना अभिभावकसहित १५६ जना बिद्यार्थीको स्वास्थय परीक्षण गरिएको आयोजक प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिनुभयो । शिविरका लागि अमेरिका निवासी समाजसेवी बिना बोगटीले समेत सहजीकरण गर्नु भएको थियो भने उहाँकी १५ वर्षीया छोरी आयशा गिलले आफु अध्यनरत बिद्यालयका बिद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केहि रकम संकलन गरि औषधि व्यवस्थापनमा सहयोग गर्नु भएको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । बिद्यार्थीहरुको स्वास्थ्य अवस्थाको पहिचान तथा देखिएका समस्याको निराकरण गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले जानकारी बताउनुभयो ।
शिविरमा इशान बाल अस्पतालका बालरोग सर्जन डा. सिरिश सिलवाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य परीक्षण गरिएका बिद्यार्थीमा आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाक्ने, पिसाव तथा किडनी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान भएको डा. सिलवालले जानकारी दिनुभयो । शिविरको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेल, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. पुरुसोत्तमराज सेढाई, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती–७ का वडा अध्यक्ष सबिन ताम्राकार, समाजसेवी जगन्नाथ गिरि, पर्यटन सूचना केन्द्रका पुरुसोतम कर्माचार्य, बरिस्ठ पत्रकार मधुसुदन गुरागाईं, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्षहरु इश्वरी ओझा, मोतीराम तिमल्सिना, संचारिका समुहकि अध्यक्ष सुनिता सापकोटा लगायतका संचारकर्मीको उपस्थिति रहेको थियो । प्रारम्भ सामाजिक संस्थाले सिङ्गापुर रेडक्रस, स्थानीय तहको सहकार्यमा केहि महिनाअघि जिल्लाको भुम्लु गाउँपालिका, रोशी गाउँपाकिला र हुम्ला जिल्लाको सिमिकोटमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले लामो समयदेखि विभिन्न स्वास्थ्य, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।


प्रतिक्रिया



थप समाचारहरु