मण्डनदेउपुरका शिक्षकहरुमा त्रासदी र आतंक : एउटै विद्यालयबाट ५ जनाको सरुवा


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर–मण्डनदेउपुर काभ्रेपलाञ्चोकको उर्वर कषि तथा पर्यटकीय नगर हो । विश्वले चिन्ने नगरकोटको पर्यटनदेखि कुन्तावेसी, ढाँडखोला सिपाघाट, आँपघारी जोगीटार, ज्याम्दी लगायतको भूभागहरु कृषि तथा पर्यटनको मात्र हब नभएर शैक्षिक क्षेत्रको समेत अब्बल भूमी हो । चण्डेनी भाषा पाठशाला, डेडीथुम्का, ढोडिनी, डेडीथुम्का मा.वि. महादेवस्थान, वागदेवी मा.वि.ज्याम्दी, तपेश्वर मा.वि.देउपुर, लगायतका विद्यालयहरु यहाँको पूराना शैक्षिक धरोहरहरु हुन् । 

समय क्रमको विकाससंगै महाकाली मा.वि. नगरकोट, वालुवा मा.वि. नाल्दुम, द्वारापालेश्वर मा.वि., महाकाली मा.वि., चैनपुर, ब्रम्हयणी मा.वि., गैह्रिविसौना, विन्धवासिनी मा.वि. जोगिटार, चण्डेनी मा.वि., जैसिथोक, इन्द्रावती मा.वि. साण्डीवेसी नगरभित्र माध्यमिक तहको अध्ययन÷अध्यापन हुने विद्यालयहरु हुन् । यसरी नगरभित्र १३ ओटा माध्यमिक तहको पठन पाठन हुने विद्यालयहरु, कक्षा १–८ सम्म पढाइ हुने ४ ओटा, कक्षा १–५ सम्म पठनपाठन हुने १२ ओटा र १–३ सम्म पढाइ हुने १० ओटा विद्यालयहरु अस्थित्वमा रहेका छन् । यसको अलावा संस्थागत विद्यालयहरुमा लिटिल स्टार, मण्डन भ्याली र उइज्डम कम्यूनिटी सहित ३ ओटा माध्यमिक तहका र नव प्रतिभा, ज्यम्दी ईङ्गलिस स्कूल र केन्ट पब्लिक स्कुल सहित ३ ओटा आधारभूत तहका विद्यालयहरु नगरभित्र संचालनमा रहेका छन् । 

हिजो मण्डनका ४ र देउपुरका ३ गाउँ विकास समितिहरुबाट चल्दै आएका ती विद्यालयका शिक्षकहरुमा नगरपालिका भएयता र खास गरी स्थानीय तहको दोस्रो निर्वाचनपछि शिक्षकहरुमा ठूलो त्रासदी फैलन थालेको छ । मेयर मार्फत नगरपालिका बोलाउने, मेयरसाबलाई भेट्न प¥यो, तपाईको सम्वन्ध मेयरसंग किन चिसिन थाल्यो भन्नै जाने र नगरपािलकामा बोलाएर भन्दापनि आपूm लागेको खरानी दलमा लाग्न अनुनय विनय गर्ने र गरेको नमानेमा लिष्टमा नाम चढा्रउँदै जानेर र एउटै शिक्षकलाई एउटै कायर््कालमा ३÷४ पटकसम्म पख्लास् भनेरै शरुवा गर्ने गरेको तथ्यबाट आज नगरका शिक्षकहरु आतंकित माथी थप बन्न पुगेका छन् । 

मन पर्दा र खरानी सदस्य हो भन्ने लाग्दा एउटै शिक्षकलाई कहिले पाँचखाल, कहिले महाकाली, कहिले अर्कै एटा विद्यालयको हेडसरको जिम्मेवारी र गडबड होकी भन्ने शंका लाग्न थाल्दा फेरी नगरकोटको टुप्पो र पुनः तर्साएर लाइनमा ल्याउन सकियो भने मानेडाँडाको रवैयाँ बिजोग लाग्दो छ । त्यति मात्र छैन प्रथमिक तहमा नाम निकालेका खरानी दलकै हो भन्ने निश्चित भएका शिक्षकलाई पठाइएको पालिकाको विद्यालयमै हाजिर नगराई उमा सह र त्यहाँबाट आँगनको विद्यालय डेडीथुम्कामा नियम मिचेर अवधिको समेत कुनै ख्यालै नगरी दादागिरीको शैलीमा शरुवाहरु गरिएको छ ।  

नगरपालिकाको कार्यालयमा बोलाएर तपाई हाम्रो पार्टीको जनजाती महासंघको केन्द्रि सदस्य बन्नु प¥यो भनियो र बनाइयो । एउटा वैठकमा जर्बजस्त पठाइयो । वैठकमा पुग्दा आपूmलाई बर्जजस्त पु¥याइएको कमिटीप्रति सहभागी शिक्षकको चित्त बुझ्न सकेन । जान छोडे, पुनः बोलाईयो । थ्रेड दिइयो । शिक्षकले मानेन् । म शिक्षक ह्रूँ, आप्mनो पहिलेदेखिकै आस्था भएकै ठाउँमा रहन्छु र राजनिति गर्दिन भन्दा मेरो नाम समेटेर लिष्ट बन्ने काम भयो र हाल २ घण्टा हिंड्नु पनेर्् गरी सल्लेबास पुगेको छु । एक शिक्षकले नाम नबताउने शर्तमा बताए । 

तपाईं हामी पहिलेदेखि नै एउटै पार्टीमा लागियो । वडामा पनि एउटै । संगसंगै संघर्ष गर्दै र कांग्रेससंग जुध्दै आइयो, अब तपाईंपनि मसंगै र मेरै पार्टीमा लाग्नु पर्छ । शुरुमा आफैं भन्ने प्रयत्न गरिउयो । फकाउन कांग्रेसका वडाध्यक्ष प्रयोग गर्न खोजियो । समाजवादीका वडामा उठेकाहरुको समेत भनसन् र थ्रेडको प्रवन्ध मिलाइयो । केहि नलागेपछि मलाईपनि १ वर्ष अघिबाटै लिष्टमा चढाइयो र यस पटक नगरकोट छेउ पु¥याइएछ, जान्छु । २ घण्टामा पुगीहाल्छु । सुगर र कोलस्टोलको विरामी छु शरिरलाई गाह्रो महसुश भएपनि स्वास्थ्यलाई ठीकै हुन्छ, अर्का एकजना शिक्षकले बताए ।

म पहिलेदेखि नै नेपाल राष्ट्रिय शिक्षक संगठनको आजीवन सदस्य हूँ । संगठनको तर्फबाट बोलाइएको वैठकहरुमा सहभागी हुने गर्दथें । मेरो स्कूलको हेडसर नै जिल्ला स्थित संगठनका उपाध्यक्ष हुनुहुन्थ्यो । आपूm लागेको पूरानो पेशागत छाता संगठनमा, संरक्षण नै होला भन्ने लाग्यो । संगठित भइयो र शिक्षक हक हीतको सन्दर्भमा बेलाबखत सहभागीपनि । आखिर लिष्ट बनाउन थालिएछ र चैनपुरबाट सुलिकोट पुगेको छु । केहि छैन । आस्था मरेको छैन । म एक युवा हूँ । पेशाले शिक्षक । कर्मठ भएका पेशाप्रति वफादार लाग्नेछु । अर्का एक शिक्षकले भावुक भएर बताए । 

हामी त शरुवाका पटके भएर होला यस पटक छोएनछन् । जहाँ पठाएपनि जान्छौं, नगरभन्दा बाहिर पठाउन र जागिरै खान सक्ने हैन क्यार अर्का शिक्षकले मर्म पोखे । यत्तिमै सिमति छैन । शरुवा प्रकाण्डा ! मैले पेशा शुरु गरेदेखिं नैं डेडीथुम्का पढाउँदै आएको हूँ । इमान्दार र कर्तव्यनिष्ठ भएर शिक्षण पेशा गरेको दशकौं बितेछ । अबत ६० वर्ष पुग्नपनि एक डेढ वर्षभन्दा वढी थिएन । जागरि छोडाउने नियतले डेढ घण्टाको बाटो लखेटिएछ । संचय कोषबाट रकम लिएको थिएँ, यो बिचमा जागरि छोड्दा त्यता मिलाउन समस्या, नछोडौं म वूढो मान्छेलाई यो समयमा आएर पीडा दिने काम भयो, अर्का पूराना शिक्षकले वेदना पोख्दै बताए । 

सरसर्ती हेर्दा स्थानीय सरकारले शरुवा गर्र्ने अधिकारै छ त भन्ने ढंगलेपनि कुरा बुझ्न र उठाउन सकिएला तर यहाँ त्यस्तो भएको छैन । शिक्षामा र शिक्षा क्षेत्रमा प्रत्येक्ष राजनिति नगर्दा ठीकै हुन्छ त भन्नपनि सकिएला । त्योमात्र पनि भएकै हैन । २१ जनाभन्दा वढी आधारभूत तहका शिक्षकहरुको शरुवा हुँदा जम्मा जम्मी १ जना मात्र कांग्रेस समर्थक शिक्षकलाई चलाइएको देखिन्छ, त्योपनि टाढाबाट नजिक ल्याउने गरी सहजताकै लागि, सहमतीमा । 

यसरी हेर्दा शैक्षिक सत्रको बिचमा शिक्षकहरुमा आतंक सृजना गर्ने गरी क्रमशः खिलनाथ पराजुलीलाई महाकालीबाट उमा सह, रामबहादुर राई भिमसेन प्रा.वि.बाट पञ्चकन्या, रुद्रनाथ पराजुली डेडीथुम्काबाट विन्धवासिनी, जयासिंह साउत महाकाली चैनपुरबाट महाकाली नगरकोट, शान्ती लामा महाकालीबाट द्वारापालेश्वर, रञ्जु नेपाल महाकालीबाट विन्धवासिनी, नन्दनसिंह जगारी महाकालीबाट द्वरापालेश्वर, केशव सापकोटा द्वारपालेवरबाट जनप्रभात, शविना पौडेल पराजुली जनप्रभातबाट विन्धवासिनी, ऋषिराम ढकाल द्वारपालेश्वरबाट  नगरहोप, गंगा सापकोटा धिताल नगरहोपबाट गोल्मेश्वरी, समिर ढकाल उमा सहबाट महाकाली, बलबहादुर गौतम ब्रम्हयणीबाट कालीदेवी, दिलबहादुर राई कालीदेवीबाट भिमसेन, विक्रम तामाङ पञ्चकन्याबाट नन्दज्योती, युवराज डोटेल पञ्चकन्याबाट ब्रम्हयणी, टिकाप्रसाद ढकाल नन्दज्योतीबाट पञ्चकन्या, रमेश श्रेष्ठ जनकल्याणबाट द्वारपालेश्वर, कञ्चन ज्याख डेडीथुम्का ढोडिनीबाट डेडीथुम्का महादेवस्थान, तुलसा तिमल्सिना द्वारापालेश्वरबाट विन्धवासिनी, शर्मिला बस्नेत ढुंगाना उमा सहबाट ढोडीनी, बाकृष्ण सुवेदी विन्धवासिनीबाट डेडीथुम्का महादेवस्थान र प्रेम लामा कुलाचौरबाट कालीकुमारी शुरुवा गरिएको बुझिन आएको छ । 

खास गरी भन्नु पर्दा स्थानीय मातृ भाषामा धेरै कुरा बुझ्ने ठाउँहरुमध्येको प्रमुख जहाँ तामाङ समुदायको पूर्ण बाहुल्यता रहेको हल्देटारमा प्रेमबहादुर तामङ र झगरपुरमा रामबहादुर राई दनुवारको शरुवा भएकोमा दनुवार र तामाङको स्थानीय मातृ भाषा मार्ने खेल भएको समेत बताउन थालिएको छ । 

मेयरको २ कार्यकालमा शिक्षा तर्फको प्रमुख सल्लाहकारको अदृश्य भूमिकामा समय बिताएको र तेस्रो कार्यकाल पुनः एटै ब्यक्ति मेयर बन्न नसक्ने कानूनी प्रावधान बुझी आपूm सकेसम्म चल्दै गरेको कार्यकालमा शरुवा भएर गृह जिल्ला जाने सोचमा रहेकोले महाकाली मा.वि. चैनपुरका ५ जना शिक्षकहरुलाई तितर बितर बनाउन सफल भएको बताउन थालिएको छ । महासंघ मण्डनदेउपुरको पूर्व अध्यक्ष र नेराशिसंघ काभ्रेका बहालवाला उपाध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक उनलाई विद्यालयका स्थानीय पूर्व कुशल प्रशासक एवं प्रधानाध्यापक आत्माराम नेपालले बनाएको विद्यालयको गुणस्तरको जगमा टेकी महाकालीले हासिल गरेको हालसम्मको जस लिने भाग्यमानी पात्रको रुपमा समेत चिनिने गरिन्छ । २१ भन्दा वढी शिक्षकहरु जो जताबाट जहाँ पुगेपनि यस विचमा जन्मथलो झापै बसेर कोशी प्रदेशबाट वागमतीस्थित मण्डनदेउपुरमा साँठगाँठ गरी शिक्षकहरुलाई दुःख दिने प्रपञ्चको प्रमुख बनेकोमा उनको त्यो कार्य कौशलताको राम्रै चर्चा गरिएपनि स्थानीय शिक्षकहरुले अनावश्यक दुःख पाएकोमा स्थानीय शिक्षाप्रेमीहरुकोे दुखेसो रहेको देखिन्छ । 

मेयर र उनलेले प्रतिनिधित्व गर्दै आएको अंगार पची खरानी बन्ने स्थितिमा पुगेको दल, कांग्रेस र माओवादी केन्द्रमा आस्था राख्ने शिक्षकहरुको हकमा जति चलाइयो प्रायः सबैको पाइक मिलाइएको देखिन्छ । १ वर्षसम्म लगाएर कालो कर्तूत सहितको निकृष्ट लिष्ट बनाउने र कर्मचारीको अन्धाधुन्धा शरुवा गर्ने कुराले आज सिंगो मण्डनदेउपुर आक्रान्त छ । शिक्षकलाई धोक्राएर कक्षा कोठामा पठाउने प्रपञ्च रचिंदैछ । यसले शिक्षकमा इज्जत, उर्जा र उत्साह वढ्नुको सट्टटा इष्र्या, कुण्ठा र विद्वैषको भावना पैदा हुन पुगिरहेको छ । यी र यस्ता कर्मका कारण शिक्षाको गुणस्तरमा एलेसम्म बितिरहेको झण्डै ७ वर्षको कार्यकालमा जति खस्किन पुगेको थियो, त्य अझै दिन दुगुना र रात चौगुना खस्किने छ । 


प्रतिक्रिया



थप समाचारहरु