इन्टेग्रिटी आईकनका कार्यबारे काभ्रेका युवासँग छलफल


मेचीकाली

बनेपा-इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जनाले गरेको उदाहरणीय कार्यको बारेमा काभ्रेका युवासँग छलफल गरिएको छ ।

बनेपाको सेन्टलब एल्बम एकेडेमीमा बुधबार सो विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावकसँगै जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख जर्नादन घिमिरे, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक प्रकाश पौडेल तथा विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवालीले सदाचार प्रर्बदनमा योगदान आईकनको भुमिकाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।  

 यो वर्ष विभिन्न  पाँच विधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल, वीरगञ्जका  नर्सिङ निरीक्षक हेमा थापा,महिला तथा बालबालिका विभागका निर्देशक नीरा अधिकारी,शितोष्ण बागवानीविकास केन्द्र मार्फा मुस्ताङका बागवानीविकास अधिकृत पद्मनाथ आत्रेय,जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतिक राई,काठमाडौँ तरकेश्वोर मनमैजु माध्यमिकविद्यालयका प्रधानाध्यापक रबिना महर्जनलाई इन्टेग्रीटी आईकनका रुपमापाउँदा निक्कै खुसी लागेको र उहाँहरु समाजका ऐना रहेको प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँले यस्ता आईकनले समाज सुधारका लागि धेरै नै काम गर्ने भएकाले सदाचारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सदाचार प्रर्बदनमा योगदान पु¥याउने आइकनको भिडियो तथा अरु प्रचार सामाग्री अरु कार्यव्रmममा समेत प्रस्तुत गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

यो वर्ष इन्टेग्रीटी आईकनका लागि देशभरिबाट ४६६ मनोनयन प्राप्त भएकोमा निर्णायक समितिले यस वर्षका लागि  पाँचजना इन्टेग्रीटी आईकन छनौट प्रकृया पारदर्शी पाएको र यसको निरन्तरताको शुभकामना दिनुभयो । 

त्यस्तै ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख जर्नादन घिमिरेले युवाका लागि सदाचार प्रर्बदनमा योगदान पु¥याउने कर्मचारी प्रेरणाको श्रोत रहेको उल्लेख गर्नुभयो । उहाँले सबैले राम्रो कामको अनुशरण गर्नु पर्नेमा जोड दिनुभयो । यसअघि यो बिषयमा सुनेको मात्र तर आज यसको सबै प्रकृया थाहा पाएको र विद्यालयमा सदाचार प्रर्बदनका कुरा लिएकोमा धन्यवाद दिनुभयो । 

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक प्रकाश पौडेलले सदाचार प्रर्बदनमा योगदान पुराउने राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाउदै जवाफदेहिता अभिवृद्धि गराउन यस्ता कार्यव्रmमले विशेष भुमिका खेल्ने स्पष्ट पार्नुभयो । विद्यार्थीहरुले पनि आफूहरु यो कार्यव्रmमपछि सरकारी सयन्त्रले अझैपनि राम्रो काम गरिरहेको भन्ने कुराको पुष्टि गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रम नेपालबाट सुरु भएको हो । अहिले विश्वका १६ देशमा फैलिएको छ । इन्टेग्रिटी आइकन २०२३ को रुपमा सोमबार सार्वजनिक आइकनहरुलाई पुसको २७ शुव्रmबार कार्की बैक्वेट काठमाडौमा विशेष कार्यक्रम गरी सम्मान गर्न लागेको छ । इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण यस्तो रहेको छ । 


हेमा थापा, अस्पताल नर्सिङ निरीक्षक, नारायणी अस्पताल, वीरगञ्ज

हेमा थापा विगत २८वर्षदेखि नारायणी अस्पताल, वीरगञ्जमा काम गरिरहेकी छिन् । हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन्, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । उनको कामको मुल्यांकन गर्दै उनलाई एनआइसीयूको  जिम्मेवारी दिइयो । उनले सरकारी मापदण्ड पूरा हुने गरी २ वर्षमा अक्सिजन पाइपलाइनेदेखि कंगारु आमा हेरचाह इकाईसम्म स्थापना गरेर एनआइसीयूमा  हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् ।

एनआइसीयू विभाग पाँच बेडबाट स्तरोन्नति भएर दस बेडको भयो । २०७८ सालदेखि उनी एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन् ।


नीरा अधिकारी, निर्देशक, महिला तथा बालबालिका विभाग


सरकारले अपांगमैत्री नीति बनाउँदा आउने निर्विकल्पनामहो, नीरा अधिकारी । अपाङ्गता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन । व्यक्तिगत अपांगताको विषयमात्र  उल्लेख थियो ।अपाङ्गता भएका महिलाको अवस्था फरक हो भनेर बुझाइन । ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याइयो । अहिले विभागलाई उनी कागज रहित कार्यालय बनाउने अभ्यासको नेतृत्व आफै गरिरहेकी छिन् । विभागले ल्याउने कार्यक्रमहरूका लागि सार्वजनिक परीक्षणको ढाँचा परिवर्तन गरेकी छिन् । संख्यामा आधारित सर्वेक्षण भन्दा पनि वास्तविक सेवाग्राही सरकारले दिने सेवालाई कसरी हेरेका छन् ?महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? कस्ता कार्यक्रम ल्याउँदा बढी प्रभावकारी हुन्छ ? जस्ता प्रश्नावली सर्वेक्षणमा राख्ने गरेकि छिन् ।


 पद्मनाथ आत्रेय, बागवानी विकास अधिकृत, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ 


प्राय सेवाग्राही सरकारी कर्मचारी भेट्न नपरे हुन्थ्यो भन्ने ठान्दछन् । जानै परे नानाथरी झन्झट व्यहोर्नु पर्ने पूर्व मानसिकता लिएर जाने गर्दछन् । तर, पद्मनाथ एक अपवाद हुन् । उनी जहाँ हुन्छन्, उनलाई खोज्दै सेवाग्राही सरकारी कार्यालय आइपुग्दछन् । दुई कारणले सेवाग्राही उनलाई पच्छ्याउँछन् । एउटा, उनी कृषकलाई उपयोग सामाग्रीहरू सबैले बुझ्ने भाषामा भिडियो, पुस्तक र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिदिन्छन् । अर्को कारण, सेवाग्राहीलाई आवश्यक पर्दा सकेसम्म जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भइदिन्छन् । उनी मुस्ताङमा कार्यरत छन्, तर उनलाई पच्छ्याउँदै युवाहरू विदेशबाट नेपाल फर्किएका अनि, रोल्पाबाट सेवालिन मुस्ताङ आइपुगेका उदाहरणहरू पनि छन् । कृषि क्षेत्रमा उनको योगदान त्यतिमै सीमित छैन । नेपालमा उच्च उत्पादन दिने स्याउका गुणस्तरीय बिरुवा टिस्युकल्चर प्रविधिबाट नेपालमै पहिलो पटक मुस्ताङमा उत्पादन गर्दैछन् ।


प्रतिक राई, प्रशासकीय अधिकृत, जिल्लाप्रशासन कार्यालय, झापा


प्रतिक राई व्यवस्था,नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछन् । सकेसम्म सेवाग्राहीले सरल सेवापाउन र सेवाप्रवाहमा नियम कानूनको  पालना होस् भन्ने चाहन्छन् । अध्यागमन विभागको गैह्र पर्यटकीय शाखाको भिड व्यवस्थापन गरेर सेवाग्राहीको मन जिते, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन यताउता भतारिन नपरोस् भनेर खरिदार र सुब्बाको कोठा पछाडि टेबल कुर्सी राखेर काम गरे । हाल जिल्ला प्रशासन कार्यालय झापामा उनी प्रतिलिपि शाखामा कार्यरत छन् । त्यहाँ नागरिताको अनुसूचीहरू अस्तव्यस्त तरिकाले राखिएका थिए । उनले मितिअनुसार अनुसुचिहरूको फाइलिङ्लाई व्यवस्थित बनाए । यसका लागि उनले छुट्टीको दिन र बेलुका कार्यालय समय सकिए पछिको समय उपयोग गरे । यसले शाखाको कामलाई सहज बनायो । उनले आफ्नो कामबाट सेवाग्राहीलाई त सन्तुष्ट बनाएका छन् नै, सँगै काम गर्ने सहकर्मीलाई पनि प्रोत्साहित गरेका छन् । उनीसँगै काम गर्ने सहकर्मी खाजाको समय छोट्याएर पनि कार्यालय व्यवस्थित बनाउन लागि परेका छन् ।


रबिना महर्जन, प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर, काठमाडौँ 


सबै अभिभावक आफ्ना बालबालिका विश्व समुदायमा प्रतिष्पर्धा गर्न सकुन भन्ने चाहन्छन् । तर, सरकारी विद्यालयबाट त्यो सम्भव छ भन्नेमा उनीहरू विश्वस्त हुन सक्दैनन् । उनीहरूको अन्तिम विकल्प भइदिन्छ निजि विद्यालय । तर,कुशल नेतृत्वले सरकारी विद्यालयको शाख जोगाउने मात्र होइन, आम मानसिकता बदल्न सक्छ भन्ने उदाहरण हुन रबिना महर्जन । महर्जनले व्यवहारिक शिक्षालाई जोड दिएपछि गणितमा रुची नै नभएका विद्यार्थीका लागि ५०% अंक सामान्य हुन थाल्यो । विद्यालय छोडेर खेतीपातीमा रमाउने विद्यार्थी बिद्यालय आउनथाले । रबिनालाई आफू  पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजी विद्यालयको भन्दा कम नहोस् भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनी  शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन । विद्यार्थीहरूले बालक्लब गठन गरी त्यसको नेतृत्व आफै लिनथाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्नथाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो । ५०० बाट बढेर विद्यार्थी विद्यार्थी सङ्ख्या ८३३ पुग्यो ।

प्रतिक्रिया



थप समाचारहरु