नमोबुद्धमा मोतियाविन्दुको निःशुल्क उपचार निरन्तर


मेचीकाली

भकुण्डेवेशी- नमोबुद्ध नगरपालिकाले विगतदेखि नै सञ्चालन भइरहेको मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिएको छ । 

केही बर्षदेखि नमोबुद्ध नगरपालिकाले नगरबासीको मोतियाविन्दुको निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेको थियो । यसलाई नयाँ जनप्रतिनिधि आएपछि पनि निरन्तर सञ्चालन गरिने भएको हो । रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताए । उनका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्पmबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गरेका छन् ।

मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ । 


प्रतिक्रिया



थप समाचारहरु