नर्वेली राजदूत नमोबुद्धमा


मेचीकाली

भकुण्डेबेशी– नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गरेका छन् ।

नर्वेली राजदूतावासले इसिमोडमार्फत नमोबुद्ध नगरपालिकाका ६ वटा वडामा जलवायु अनुकुलन समाधान (RMS)  कार्यक्रम सञ्चालन गरिरहेको छ । सिप्रेडमार्फत कार्यान्वयन भइरहेको यो कार्यक्रमको आज बुधबार स्थलगत अवलोकन गर्दै राजदूत ड्रमडालले कार्यक्रम सफल देखिएको भन्दै कार्यक्रमममा महिलाहरुको सहभागिता प्रशंसनीय भएको बताए । कार्यक्रम कार्यान्वयनको क्रममा महिलाले पुरुषलाई पनि सँगसँगै लिएर गएकाले कार्यक्रमको प्रभावकारिता अझै बढेको उनले बताए । यस्तै अनुगमनको क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले जलवायुमैत्री कार्यक्रमअन्तर्गत थोरै पैसामा जसले पनि गर्न सकिने कामहरु राम्रोसँग भएको भन्दै खुशी व्यक्त गरे । नमोबुद्ध नगरपालिकासँगै अन्य नगरपालिकाले पनि यस्तो कार्य गर्न सके किसानहरुले राम्रोसँग लाभ लिनसक्ने उनले बताए । 

नर्वेली राजदूत तथा इसिमोडका महानिर्देशकसहितको टोलीले नमोबुद्ध नगरपालिका २ मा सञ्चालन गरिएको मुल सुधार कार्यक्रम तथा सोही वडाको कुइँकेलथुम्कामा जलवायु अनुकुलन पविधि प्रयोग गरी गरिएको तरकारी खेती कार्यक्रमको अनुगमन गरेको थियो । जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ । उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । अनुगमन टोलीमा रहेका नर्वेली दूतावासका उर्जा र जलवायुसम्वन्धी काउन्सिलर जान एरिक स्टुडरडले आफूले कुइँकेल थुम्कामा उत्पादन गरिएको तरकारी खाइरहेको र त्यो स्वस्थकर र मिठो रहेको प्रतिक्रिया दिए । यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले नमोबुद्धमा यो कार्यक्रम सफलरुपमा सञ्चालन भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

सिप्रेडका परियोजना संयोजक किरण भुषालका अनुसार नमोबुद्धका ६ वटा वडामा सञ्चालन भइरहेको जलवायु अनुकुलन समाधान ९च्ःक्० कार्यक्रममा झण्डै पाँच सय महिला सहभागिता छन् । यो कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।

अनुगमन टोलीमा इसिमोडबाट इरिका उदास, माधव ढकाल, नर्वेली दूताबासबाट कमला बिष्ट, शरद कर्माचार्य, नमोबुद्ध २ का वडा अध्यक्ष सञ्जीव ढकाल, सिप्रेडका रामदेव साह लगायत पनि सहभागी थिए । अनुगमन टोलीले स्थानीय महिला समूहसँग कार्यक्रम र यसको प्रभावकारिताका विषयमा छलफल पनि गरेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु