एमाले नमोबुद्धको अध्यक्षमा कृष्ण खनाल विजयी


मेचीकाली

भकुन्डे- नेकपा एमाले नमोबुद्ध नगर कमिटी अध्यक्षमा कृष्णप्रसाद खनाल विजयी भएका छन् ।

आज भएको निर्वाचनमा खनाल बिजयी भएका हुन् । उनी कुल ८१ मत ल्यााई विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा कृष्णवहादुर तामाङ ११३ मत ल्याएर विजयी भए । सचिवमा विजयी भएका गणेश लामा १०३ मतसहित विजयी भए ।  उपसचिवमा हरिराम प्याकुरेल र सम्झना लामा विजयी भएका छन् । प्याकुरेलले ५६ र लामाले ६१ मत पाए ।

अध्यक्षमा खनाल, सन्जीव ढकाल, उद्धवप्रसाद हुमागाई र पुर्ण पान्डेबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु