राष्ट्रपति भण्डारी पलाञ्चोकमा (फोटो फिचर)


केदार तिमल्सिना

 (काभ्रे)– राष्ट्रपति विद्यादवी भण्डारीले काभ्रेको पाँचखाल नगरपालिकास्थित प्रशिद्ध पलाञ्चोक भगवतीको दर्शन गरेकी छन् । आज बिहान भण्डारीले पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चोक भगवतीको मन्दिर पुगेर दर्शन एवं पूजाआजा गरेकी हुन् । 

बिहान पाँचखालस्थित विरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म हेलिकोप्टरमा आएर भण्डारी त्यहाँबाट गाडीमा पलाञ्चोक पुगेकी थिइन् । तालिम केन्द्रबाट पलाञ्चोक भगवती मन्दिरको दुरी ९ किलोमिटर रहेको छ । भण्डारीलाई मन्दिर परिसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवार लगायतले स्वागत गरेका थिए ।

भण्डारीले करिब १० मिनेट पलाञ्चोक भगवतीको पुजा गरेकी थिइन् । राष्ट्रपति भण्डारीको स्वागतको लागि कर्नाल बजाउन पुगेका स्थानीय राम जि दर्जीले भुकम्पले आफ्नो घरमा क्षती पुगेपनी हालसम्म घर बनाउन नसकिएको गुनासो गरे । जवाफमा भण्डारीले दर्जीको समस्या बारेमा चासो राखेपछि जिल्ला समन्वय प्रमुख उद्धव केसी र पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले फाइल भरेर पठाए पनि माथिल्लो निकायबाट नै नाम काटेर आउने गरेको गुसानो गरेका थिए । 

राष्ट्रपति बनेपछि भण्डारी हरेक बर्ष बडा दशैंको अष्टमीको दिन पलाञ्चोक भगवतीको दर्शनका लागि आउने गरेकी थिइन् । अघिल्लो बर्ष भने कोरोना महामारीका कारण उनी पलाञ्चोक आउने कार्यक्रम रद्द भएको थियो ।







प्रतिक्रिया



थप समाचारहरु