चौध हजार आठ सयलाई कोरोना खोप


Mechikali

काभ्रे– सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै कोरोना (कोभिड १९) विरुद्धको खोप कार्यक्रम सुरु गरेपछि काभ्रेमा सोमबारसम्म चौध हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार गत आईतबारबाट सुरु भएको खोप कार्यक्रममा सोमबारसम्म जिल्लाका १३ स्थानीय तहका १४ हजार ८०१ जनाले खोप लगाएका हुन् ।
कार्यलयका अनुसार बनेपा नगरपालिकाका एक हजार ९९६ जना, धुलिखेल नगरपालिकाका एक हजार २३१ जना, पनौती नगरपालिकाका एक हजार ८३४ जना, पाँचखाल नगरपालिकाका एक हजार ४२९ जना, नमोबुद्ध नगरपालिकाका एक हजार ५११ जना र मण्डनदेउपुर नगरपालिकाका एक हजार ३१९ जनामा कोरोना विरुद्धको खोप लगाइएको छ । यसैगरी भुम्लु गाउँपालिकाका ८५१ जना, रोशी गाउँपाकिलाका ५३९ जना, बेथानचोक गाउँपालिकाका ६८० जना, तेमाल गाउँपालिकाका एक हजार ६८ जना, महाभारत गाउँपालिकाका ७१० जना, खानीखोला गाउँपालिकामा ४३५ जना र चौरीदेउराली गाउँपालिकाका एक हजार १९८ जनालाई खोप लगाइएको छ ।
खोप लगाउनेमा सात हजार ४८३ जना महिला र सात हजार ३१८ जना पुरुष रहेका छन् । आईतबारबाट सुरु भएको दोस्रो चरणको खोप कार्यक्रममा ६५ वर्षमाथिका जेष्ठ नागरिकका साथै पहिलो चरणमा छुटेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । काभ्रेमा दोस्रो चरणमा ६५ वर्षमाथिका २५ हजार ४७५ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । खोप कार्यक्रमका लागि २१० जना स्वास्थ्यकर्मी र ६३० जना स्वयम्सेवक खटिनेछन् । काभ्रेमा पहिलो चरणको खोप कार्यक्रममा पहिलो प्राथमिकता र दोस्रो प्राथमिकतामा परेका छ हजार ७८९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु