आयुर्वेद स्वास्थ्य उपचारमा आकर्षण बढ्दो


मेचीकाली

बनेपा– पछिल्लो केहि वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लामा आयुर्वेद स्वास्थ्य उपचार लिने बिरामीको सङख्या बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले मङ्गलबार बार्षिक समीक्षा कार्यक्रमको आयोजना गर्दै पछिल्लो केहि वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्य उपचार सेवा लिनको सङ्ख्या बढेको जनाएको हो । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको उपस्थितीमा भएको समीक्षा कार्यक्रममा केन्द्र प्रमुख डा. मनोजकुमार चौधरीले जिल्लामा विगतको वर्षको तुलनामा पछिल्ला वर्ष आयुर्वेद स्वास्थ्य उपचार सेवा लिनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार ७७८ बिरामीले आयुर्वेद उपचार सेवा लिएको बताउनुभयो । 

उहाँले जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलबार, दाप्चा, बालुवा आयुर्वेद औषधालय, नागरिक आरोग्य केन्द्र भुम्लु, बेथानचोक, मण्डननेउपुर र पनौतीमार्फत बिरामीहरुलाई आयुर्वेद उपचार सेवा प्रदान गरिएको बताउनुभयो । डा. चौधरीले गत आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा ४२ हजार ३८ बिरामीले उपचार सेवा लिएका थिए । उहाँले कोरोना सङ्क्रमणपछि जिल्लामा आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको हो । केन्द्र, विभिन्न स्थानमा रहेका आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत जिल्लामा रहेका बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ । आयु्र्वेद उपचार सेवा अन्र्तगत जिल्लामा बहिरङ्ग सेवा, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवन कार्यक्रम तथा ल्याव सेवा प्रदान गर्दै आएको छ भने औषधालय र आरोग्य केन्द्रले ल्याव बाहेकका सेवा प्रदान गर्दै आएको छ ।

मङ्गलबार भएको बार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेक प्रमुख दिपककुमार गौतमले कोरोना सङ्क्रमणको समयमा धेरैभन्दा धेरै बिरामीहरु आयुर्वेद औषधि सेवन गरेर स्वस्थ्य बनेको बताउनुभयो । उहाँले आयुर्वेद स्वास्थ्य सेवालाई जिल्लाका सबै स्थानीय तहमा पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकामा प्रदेश सरकारको सहयोगमा ५० शैयाको आयुर्वेद अस्पताल निर्माण हुने बताउनुभयो । उहाँले आयुर्वेद अस्पताल निर्माणको लागि नगरपालिकाले जगा व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले अस्पताल निर्माणको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र बनेपाका बरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले आयुर्वेद उपचार सेवाको फाइदाको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । 

प्रतिक्रिया



थप समाचारहरु