रहस्यमय ढंगले कता हराए माधव र सिर्जना ?


मेचीकाली

धुलिखेल–काभ्रेको पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका छन् ।

माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट घरबाट हराएका थिए । हिजो शुक्रबार भुम्लु गाउँपालिका ८ स्थित इन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंगामाथि कालो जेन्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका जुत्ता, कालो लेडिज र जेन्स पर्स लगायतका सामग्री भेटियो ।

यी सामान भेटिएसँगै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती सामग्री माधव र सिर्जनाको रहेको पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ती सामान माधव र सिर्जनाको रहेको उनीहरुका आफन्तले पुष्टि गरेका हुन् । 

उनीहरुका सामान भेटिए पनि कता गए र उनीहरुको अवस्था कस्तो छ भन्ने पत्ता लाग्न सकेको छैन । दुबैजना एकसाथ एकैपटक किन बेपत्ता भए चासोको बिषय बनेको छ । माधव र सिर्जना दुबै विवाहित हुन् ।




प्रतिक्रिया



थप समाचारहरु