कोरोनाको ‘हटस्पट’ बन्दै काभ्रे, एकैदिन थपिए ६७ संक्रमित


मेचीकाली

बनेपा–केही समय न्यून मात्रामा कोभिड १९ पोजेटिभ देखिएको काभ्रेमा पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । यसले काभ्रे कोरोना संक्रमणको हटस्पट बन्दै गएको देखिएको छ ।

आजमात्रै काभ्रेमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा गरिएको एन्टिजेन र पिसिआर परिक्षणबाट ६७ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १२५ जनाको पिसिआर र ६६ जनाको एन्टिजेन गरी १ सय ९१ जनाको परिक्षण गरिएको थियो । त्यसमध्ये ६७ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यससँगै काभ्रेमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या २ सय २५ पुगेको छ । 

जिल्लामा सबैभन्दा बढी बनेपा र धुलिखेल नगरपालिकामा ७५÷७५ जना सक्रिय संक्रमित रहेका छन् । हाल खानीखोला, महाभारत र तेमाल गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । कुल सक्रिय संक्रमितमध्ये १ जना जिल्लाबाहिर रहेका छन् भने २ सय २४ जना घरमै आराम गरिरहेका छन् । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु