काभ्रेली सञ्चारकर्मीको स्वास्थ्य बिमा धुलिखेलले गरिदिने


मेचीकाली

धुलिखेल–धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै संचारकर्मीहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ । यस अघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने गरी बजेट विनियोजन गरेको थियो । 

धुलिखेल नगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरुको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको उनले बताए । नगरपालिकाले पत्रकारहरुको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बीमाका लागि लाग्ने रकम एकमुष्ट बीमा अभिकर्तालाई उपलब्ध गराउनेछ । 

त्यस्तै कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजश्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । त्यस्तै विपन्न, गरिव दलित, सिमान्तकृत र गरिवीको रेखामुनी रहेका नागरिकहरुलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु