‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच दलित परिवारको घर निर्माण


मेचीकाली

काभ्रे- जनता आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०७८÷०८९ मा काभ्रेमा पाँच वटा घर निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लामा रहेका अति विपन्न तथा दलित समुदायका पाँच परिवारका लागि आवास निर्माण गरिएको हो । शहरी विकास तथा भवन निर्माण कार्यालय काभ्रेले प्रदेश सरकारको सहयोगमा यस वर्ष जिल्लाको बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरपालिकामा रहेका पाँच विपन्न तथा दलित परिवारका लागि आवास निर्माण गरिएको जनाएको छ ।

कार्यालयका निमिक्त प्रमुख ई. सन्तोष निरौलाले जनता आवास कार्याक्रम अन्र्तगत धुलिखेल नगरपालिका–५ मा एक, बनेपामा नगरपालिका–५ मा एक, पनौती नगरपालिका–५ मा एक र पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा दुई वटा आवास निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको बताउनुभयो । उहाँले हालसम्म पाँचखालमा दुई, पनौती र धुलिखेलमा एक÷एक घर निर्माण सम्पन्न भईसकेको र बनेपामा भने निर्माण सम्पन्न हुन बाँकी रहेको बताउनुभयो । 

कार्यक्रम अन्र्तगत ईट्टा र सिमेन्टको जडान भएको  एक तले दुई कोठे भवन निर्माण गरिएको छ भने छानाको रुपमा जस्तापाता प्रयोग गरिएको बताउनुभयो । एउटा घर निर्माणको लागि प्रदेश सरकारले तीन लाख ५० हजार रुपियाँ रकम उपलब्ध गराएको छ । घर निर्माणको लागि सम्बधित लाभग्राहीले दश प्रतिशत लागत सहभागिता जनाउनुपर्ने वा कम्तीमा सुलभ स्तरको शौचालय प्रावधान रहेको प्रदेश सरकारले जारी गरेको जनता आवास कार्यक्रम कार्यविधि २०७५ मा उल्लेख गरिएको छ । घर निर्माण सम्पन्न भएका परिवारलाई घर निर्माण वापतको रकम भुक्तानीको प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ । जनता आवास कार्यक्रम अन्र्तगत अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा कार्यक्रम आएपनि कुन कुन समुदाय र कहाँ÷कहाँ घर निर्माण गर्ने विषयमा टुङ्गो नलागेका कारण कार्यक्रम सञ्चालन हुन सकेको थिएन । 

संविधानको धारा ४२ को उपधारा (२) मा आर्थिक रुपले विपन्न तथा लोपोन्मुख नागरिकको संरक्षण, उत्थान, शसक्तिकरण र विकासका लागि शिक्षा स्वास्थ्य, आवास, रोजगारी खाद्यान्न र सामाजिक सुरक्षाका विशेष अवसर तथा लाभ पाउने हक अनुसार सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो । तत्कालिन सरकारले जनता आवास कार्यक्रम कार्यान्वय कार्यविधि २०७३ तयार गरी कार्यक्रम सुरु गरेको थियो भने आर्थिक वर्ष २०७५÷०७६ बाट प्रदेश सरकारम हस्तान्तरण भएको थियो । आवासविहिनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६÷०६७ बाट कार्यक्रम सुरु गरिएको हो । 


प्रतिक्रिया



थप समाचारहरु