कडा प्रावधानसहित निर्वाचन आचारसंहिता लागु


मेचीकाली

काठमाडौं–निर्वाचन प्रचारप्रसारमा सीमित समूहको मात्रै प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । 

आयोगले शुक्रबार मध्यरातदेखि लागु गरेको आचारसंहिता अनुसार निर्वाचनमा दल वा उम्मेदवारले मात्र आफ्नो आधिकारिक सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न पाउने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रतिकूल असर पार्ने विचार राख्न र सामग्री प्रचारप्रसार गर्न रोक लगाइएको बताए । सामाजिक सञ्जालको दुरुपयोग रोक्न खोजिएको भन्दै उनले सदुपयोग गर्दा आयोगले प्रोत्साहन नै गर्ने प्रतिक्रिया दिए ।

 अब कुनै दल वा उम्मेदवारले आफ्नो आधिकारिक पेजमा प्रचार गर्न पाउनेछन् । तर समर्थन तथा शुभेच्छुकले प्रचार वा शेयर गर्न पाउने छैनन् । विज्ञापनका रूपमा पनि सामाजिक सञ्जालमा प्रचार गर्न पाइने छैन । चुनाव प्रचारका लागि अरुले उत्पादन गरेका सामग्री शेयर गर्न समेत नहुने आचारसंहितामा उल्लेख छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने अधिवक्ता टंक अर्यालका अनुसार आयोगले जारी गरेका आचारसंहिताका कतिपय प्रावधान नियन्त्रणमुखी छन् । निर्वाचन हुनुभन्दा ३५ दिन अघिदेखि सामाजिक सञ्जालमा छलफल र बहस गर्न निषेध गरेर आयोगले बन्देजात्मक सोच अघि बढाएको उनको आरोप छ । निर्वाचन खर्चिलो र भड्किलो होस् भनेर आचारसंहितामा केही नयाँ प्रावधान राखिएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । 

दलहरुले निर्वाचन चिन्ह अंकित ज्याकेट, टिसर्ट, टोपी, लकेट लगायतका सामग्री उत्पादन गर्न, बाँड्न पाउने छैनन् । भौतिक रुपमा घरदैलो कार्यक्रममार्फत निर्वाचनको प्रचारप्रसार गर्दा उपहार दिनमिल्ने खालका सामग्री वितरणमा रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन र मतगणनामा खटिने कर्मचारी, दल वा उमेद्वारका प्रतिनिधि अनि मतगणना प्रतिनिधीलाई निर्वाचनमभा खटिँदा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसमा निर्वाचनका दौरान कुनै विवाद गर्ने छैन भन्ने व्यहोरामा हस्ताक्षर गर्नुपर्नेछ ।


प्रतिक्रिया



थप समाचारहरु