केयूविरुद्ध आन्दोलनमा उत्रने अनेरास्ववियुको चेतावनी


मेचीकाली

धुलिखेल-यही असार २३ गते अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले विश्वविद्यालयलाई विश्व स्तरीय बनाउने अभियान सहित विश्वविद्यालयमा विद्यार्थीले भोगेका तमाम समस्याहरु देखि विश्वविद्यालयले जडसुत्रहरुका सेवा गरेको सम्म मुद्दाहरुलाई समेटेर १७ बुँदा सहितको माग पत्र बुझाएको छ । 

अनेरास्ववियुले विश्वविद्यालय प्रशासनले एउटै छात्रावास सञ्चालन निर्देशिका भएपनि छात्रा र छात्रलाई असमान व्यवहार गरेर पितृसत्तावादलाई सेवा गरेको, प्रयोगशालामा आवश्यक सामग्रीहरुको प्रबन्ध गर्नु पर्ने देखि विश्वविद्यालयमा घट्दो विद्यार्थी सङ्ख्याको मुख्य कारण पत्ता लगाइ आवश्य विज्ञापन गर्न अपिल गरेको छ ।

अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटीका सचिव विवेक गुरुङ भन्नु हुन्छ " लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको महिला अधिकारलाई आज विश्वविद्यालयका कूपमण्डूक पदाधिकारीहरु विभिन्न बाहनाले इन्कार गर्दै समान अधिकारको अभ्यास नगरि विद्यार्थीका प्रश्नहरुबाट पनि भागिरहेका छन् । संविधान देखि विश्वविद्यालय छात्रावास सञ्चालन निर्देशिका २०५७ सम्म स्पष्ट रुपमा समानताको हक उल्लेख गरिएता पनि विश्वविद्यालयको व्यवहारले स्वतः पितृसत्तावादको सेवा गरेको स्पष्ट हुन्छ । समाजलाई बाटो देखाउनुको सट्टा आफै पितृसत्तावाद जस्तो जडसुत्रमा फस्नु आफैँमा लज्जाको विषय हो । त्यसैले बरु होस्टेल विघटन होस्, विश्वविद्यालय विघटन होस् वा समाज नै विघटन किन नहोस्, छात्राहरुले पनि छात्र सरह अधिकार पाउनै पर्छ भनेर हामीले यो मुद्दा उठाएका हौँ " । 

त्यसै गरि अनेरास्ववियु काठमाडौं केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष सुदीन अधिकारी भन्नु हुन्छ " विश्वविद्यालय अध्ययन, अनुसन्धान र बहसको थलो हो । तर यहाँ विश्वविद्यालयका अधिकांश शिक्षक तथा कर्माचारीहरु विद्यार्थीहरुलाई डर, त्रासको महोल सृजना गर्ने र विद्यार्थीहरुलाई हौसला भन्दा धम्काउने धेरै गरेको पाईएको छ । कतिले त हातपात पनि गरेका रहेछन् । त्यसैले उहाँहरुको पनि मूल्याङ्कन हुन पर्छ भन्ने हाम्रो माग रहेको छ । विश्वविद्यालयमा वित्तीय सेवाहरु डिजिटलमा लैजाने, प्रयोगशालामा आवश्यक सामग्रीको व्यवस्था देखि पर्यावरण तथा पेशागत स्वास्थ्य अधिकारी जस्ता कुराहरुका व्यवस्थाले विश्वविद्यालयलाई नै गुणस्तरीय बनाउने गर्दछ । यी मागहरु हामीले विद्यार्थीहरुले भोगिरहेका समस्याहरु समाधान गर्न प्रशासन सामु पेश गरेका हौँ । चाँडै बार्ताबाट हाम्रा मागहरु समाधान गर्न विश्वविद्यालय प्रशासन तयार नभए हामी आन्दोलनको आँधीबेहरी ल्याउन बाध्य हुने छौँ "  ।

विगत देखि नै अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले विभिन्न विकृति विसङ्गति विरुध्द लड्दै र विश्वविद्यालयमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहको छ ।



प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग