सामुदायिक साकोसको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न


मेचीकाली

पनौती- सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती-४ को आ.व. २०७९।०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक, सल्लाहकारहरु तथा कर्मचारीहरुको उपस्थितिमा २०७९ माघ २० गते सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय पनौती ४, टौखालको सभाहलमा सम्पन्न भएको छ । 

समिक्षा गोष्ठी संस्थाका प्रमुख सल्लाहकार दीपक थापा जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका सञ्चालक सदस्यले पानसमा द्विप प्रज्वलन गर्दै गोष्ठीको उद्घाटन गरिएको थियो । संस्थाका उपाध्यक्ष श्री कुमार प्रसाद लामिछानेले संस्थाले वार्षिक रुपमा लिएको लक्ष्यमा हाल प्राप्तिको स्थिति के कस्तो रहेको रहेको छ र अव वाँकी रहेको समयमा वाँकि लक्ष्य प्राप्तिका लागि के कसरी अगाडि जाने भन्ने योजना समिति उपसमति र कर्मचारी सहितको सहभागितामा समिक्षा गर्ने र सोहि अनुरुप वार्षिक लक्ष्य हासिल गर्ने रहेको प्रष्ट पार्दै उपस्थित सवैलाई स्वागत गर्दै मन्तब्य राख्नु भएको थियो । 

संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले संस्था सञ्चालन शुरुवाती चरणमा १०० प्रतिशत नै सञ्चालकहरुको मेहेनत र परिश्रम परेको हुन्छ, त्यसैगरी मध्यकालमा सञ्चालक र कर्मचारीहरुको ५०।५० प्रतिशत मेहेनत र परिश्रम परेको हुन्छ भने विकशित संस्थामा १०० प्रतिशत कर्मचारीहरुकै महेनत र परिश्रम गर्नुपर्ने हुन्छ । सामुदायिक साकोसको कर्मचारी संख्या ११६ जना रहेकाले कर्मचारी ब्यवस्थापन र उत्पादकत्व लिन चुनौतीपूर्ण हुन सक्छ यस विषयमा गम्भिर भएर ध्यान दिन अनुरोध गर्दै कर्मचारीहरुमा जिम्मेवारीबोध र दायित्वबोध गराएर उत्पादकत्व बढाउन सुझाब प्रदान गर्नुभएको थियो ।

समिक्षा गोष्ठी कार्यक्रममा सहभागीहरुको तर्फबाट मन्तब्य राख्दै कुन्तावेशी सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक नारायण प्रसाद लम्सालले यो संस्था जिल्लाकै अब्बल संस्था रहेकोले यसका वस्तु तथा सेवा उपभोग गर्न कार्यक्षेत्र विस्तार गर्न नजिकका जिल्लाका ब्यक्तिहरुको समेत आग्रह आएकोले त्यस तर्फ पनि ध्यान दिन समितिलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका योजना परामर्श उपसमितिका संयोजक डा. शिवजी सापकोटाले कार्यक्रम र कार्यक्रममा प्रस्तुतीका लागि सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाब दिदैं सामुदायिकको ब्राण्ड नै काफि रहेको र सामुदायिक साकोसलाई वस्तु तथा सेवाको विस्तार गर्दै लक्ष्य हासिल गर्न कुनै पनि समस्या नरहेकोले संस्थाको थप उन्नती र प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृतले संस्थाको समग्र वित्तिय तथा ब्यवस्थापकिय लक्ष्य र प्राप्तिको बिवरण र आगामि लक्ष्य सहित प्रस्तुत गर्नुभएको थियो । संस्थाले यस आ.व. मा साविक बनेपा ७ स्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. सँग एकीकरणको स्वीकृती भई एकीकृत कारोवार समेत सुरु भैसकेको जानकारी गराउँदै २०७९ पौष मसान्तसम्म संस्थाले कुल कारोवार रकममा लक्ष्य भन्दा ७ करोड बढि हासिल गर्न सफल भएको बताउँदै संस्थाको सदस्य संख्या ४९८६९ जना, शेयर पुँजि ३९ करोड ७९ लाख, कुल कारोबार ४ अर्ब ३० करोड भएको जानकारी गराउनु भयो । 

कार्यक्रममा संस्थाले तयार गरेको पञ्चवर्षिय रणनितिक योजना अनुरुप आ.व.२०७९०८० को लागि निर्धारित लक्ष्यमा २०७९ श्रावण १ गतेदेखि २०७९ पुष मसान्त सम्मको वित्तिय तथा गैर वित्तिय लक्ष्यमा भएको प्राप्ति तथा सो लक्ष्य प्रप्तिका क्रममा गरिएका कृयाकलापहरु देखिएका समस्या तथा त्यसका समाधानका लागि तयार पारिएका योजना र सोहि अनुरुप समयसिमा भित्र लक्ष्य हासिल गर्ने प्रतिवद्धता  समेत विभागिय प्रमुख र सेवाकेन्द्र प्रमुखहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । सोहि अवसरमा उपस्थित सहभागिहरुले प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र सेवाकेन्द्र प्रमुखहरुले प्रस्तुत गर्नु भएको बिवरण माथि अन्तकृयात्मक रुपमा छलफल गरि सुझाव समेत प्रदान गर्नुभएको थियो । 

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं संस्थाका अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुहुँदै संस्थाको सक्षमता कायम राखि विकास र विस्तारका लागि आवश्यक संसाधन र स्रोतको ब्यवस्थापनमा कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । संस्थाको बृद्धि र विकासमा अर्जुनदृष्टि लगाउनु पर्ने, कर्मचारीले यस संस्थामा प्रवेश गर्दा प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने सपना देख्नु पर्छ र सञ्चालक प्रवेश गर्दा अध्यक्ष बन्छु भन्ने भावना राखि संस्था र सदस्यको हितमा कार्य गर्नुपर्छ भन्दै सामुदायिक साकोसले सदस्य सेवामा स्थानिय तह देखि प्रदेश तहसम्म सहकार्य गरि कार्य गर्न तत्पर रहेको उल्लेख गर्नुहँुदै सामुदायिक नै भावना र ब्यवहारमा हुनुपर्ने विचार राख्नु भयो । संस्था वा ब्यक्ति जो सुकै होस् आफुले प्राप्त गरेको उपलब्धी बृद्धि गर्न सक्षम हुनुपर्छ र कायम राख्न सफल हुनुपर्छ भन्ने भनाई सहित सभाको विसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु