आक्रामक काभ्रे प्रहरी, फरार सूचीमा रहेका थप दुईजना पक्राउ


मेचीकाली

धुलिखेल–जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार सूचीमा रहेका दुईजनालाई पक्राउ गरेको छ । बैंकिङ कसुर तथा चोरी मुद्दामा फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । बैंकिङ बसुरको मुद्दामा पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ६ का ३७ बर्षीय गोविन्द भुजेल रहेका छन् ।

उनलाई उच्च अदालत पाटनले २०७७ पुस २३ गते २७ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई बनेपा नगरपालिका वडा नं. ६ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै चोरीको मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिका १० का २२ बर्षीय गणेशवहादुर तामाङ पक्राउ परेका छन् । २० बर्ष भन्दा पुरानो मुद्दामा उनी पक्राउ परेका हुन् । २०५८ साल पुस ५ गते जिल्ला अदालत भक्तपुरले उनलाई १ महिना कैद सजायको फैसला गरेको थियो । दुबैजनालाई फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको छ । यसैबीच, झुटो विवरण पेश गरी नागरिकता लिनखोज्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

साविक धुलिखेल नगरपालिका ५ घर भई धुलिखेल नगरपालिका वडा ६ बस्ने ३८ बर्षका सुभासकुमार श्रेष्ठसहित दुईजना पक्राउ परेका हुन् । श्रेष्ठले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेकोमा पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट झूठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता प्राप्त गरेको कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीसँगै पक्राउ परेका अर्का व्यक्तिको बारेमा भने प्रहरीले केही खुलाएको छैन । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

धुलिखेल आएर के भने केपी ओलीले ?