भव्य समारोहबीच सुरु भयो एमाले काभ्रेको अधिवेशन


मेचीकाली

सभामुखलाई पाप लाग्छ : अध्यक्ष ओली

धुलिखेल–नेकपा एमाले काभ्रेका दशौं जिल्ला अधिवेशन भव्य समारोहका बीच शुक्रबारदेखि धुलिखेलमा सुरु भएको छ । 

एमालेले काभ्रेमा अहिलेसम्मकै ठूलो सभा गर्दै दशौं जिल्ला अधिवेशन सुरु गरेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनको उद्घाटन समारोहमा झन्डै ३० हजारको सहभागिता रहेको थियो । 

अधिवेशनको उद्घाटन समारोहमा संवोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र  सभामुख अग्नि सापकोटालाई एमाले नेताहरू बलराम सापकोटा, केपी सापकोटा र दाप्चाका अर्जुन लामाको हत्याका बारेमा काभ्रेलीहरु जानकार रहेको टिप्पणी गरे । काभ्रेको दाप्चाका अर्जुन लामाको हत्या अग्नि सापकोटाको निर्देशनमा भएको अभियोगमा दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सभामा सभामुखप्रति लक्षित गर्दै ओलीले भने ‘तपाईँहरू सभामुख चिन्नुहुन्छ रु नाम त लिन्न तर पनि लिनु प–यो भने कुल्ला गर्ने पानी छैन, प्रतिपक्षी विरुद्ध, लोकतन्त्र विरुद्ध षड्यन्त्र गर्नेहरूलाई हिजोको पनि पाप लाग्छ । आजको पनि पाप लाग्छ ।’

प्रतिपक्षका विरुद्ध, देशको ठुलो पार्टीका विरुद्ध, दल फुटाउने षडयन्त्र गरेर, पहिले मात्रै होइन पाप, अहिले लोकतन्त्रका विरुद्ध पनि पाप, संविधान विरुद्ध पनि पाप, राज्यका तीन वटै अङ्ग बरबाद बनाएको ओलीले बताए । एमाले अध्यक्ष ओलीले एमालेका विरुद्ध पाँचवटै दल एक स्थानमा उभिए पनि एमालेको जत्रो सभा गर्न नसक्ने बताए । 

कार्यक्रममा राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामा सहित तीन जना वडा अध्यक्षहरु समेत गरी १ हजार २ सय व्यक्तिलाई एमाले प्रवेश गराइएको थियो । सभामा पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्यहरू चन्द्र लामा, कुमार खकुरेल, चूडामणि गौतम, कुमार खकुरेल, भीम न्यौपाने, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य रिता ढकाल, इन्द्र तामाङ, सचिव नारायण पाण्डे, एमाले प्रवेश गरेका राप्रपा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, नेकपा क्रान्तिकारीका आशिष राना मगर, माओवादीका यसबहादुर लामा लगायतले मन्तव्य राख्दै एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि सम्भव भएको बताएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु