एमाले महासचिव पाँचखालमा, संगठन चलायमान बनाउन निर्देशन


मेचीकाली

पाँचखाल–नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब हुने तीनवटै तहको चुनावमा पार्टीलाई विजयी गराउने गरी अघि बढ्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

नेकपा एमाले पाँचखाल नगर कमिटीमा आयोपजत स्वागत कार्यक्रममा बोल्दै उनले चुनावमा एमालेलाई विजयी गराउने गरी पार्टी संगठनलाई चलायमान बनाउन निर्देशन दिएका हुन् । 

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा जाने क्रममा नेकपा एमाले काभ्रेका नेता कञ्चन अधिकारीले सम्पर्क गरेपछि महासचिव पोखरेल, स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य शेरवहादुर तामाङ, प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायत एमाले पाँचखाल नगर कमिटीको कार्यालयमा पुगेका थिए । उनीहरुलाई एमाले नेता कञ्चन अधिकारी, एमाले पाँचखाल नगर कमिटी अध्यक्ष बिष्णुहरि पौडेल लगायत नगरका नेता कार्यकर्ताले स्वागत गरेका थिए । 

कार्यक्रममा महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा एमालेका भूमिकाका विषयमा पनि धारणा राखेको एमाले नेता अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु