एमाले काभ्रेका नवनिर्वाचित अध्यक्ष व्याञ्जू : जसले संकटमा पार्टीलाई अघि बढाए


मेचीकाली

धुलिखेल–२०७७ पुस ५ गते तत्कालिन नेकपाका दुईमध्ये एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रभाव नेकपाको देशव्यापी संगठनहरुमा देखियो । 

काभ्रेमा पनि त्यसको प्रभाव नपर्ने कुरै भएन । नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएर तत्कालिन नेकपा गठन भएपछि काभ्रेमा जिल्ला अध्यक्षको जिम्मेवारी रुकु चौलागाईं र सचिवको जिम्मेवारी टोकवहादुर वाइवाले पाएका थिए । पार्टी एकीकरणको अढाई बर्षसम्म पनि पार्टीको बैठकसम्म राख्न नसकेका उनीहरु पार्टीको मुल नेतृत्वविरुद्ध लागेसँगै २०७७ पुस १४ गते बसेको बहुमत सदस्यको बैठकले अशोक व्याञ्जूलाई अध्यक्ष चयन ग¥यो । 

अध्यक्षमा निर्वाचित भएलगत्तै व्याञ्जुमाथि तीनवटै तहका निर्वाचनमा नेकपा एमालेलाई जिल्लाको पहिलो शक्तिकै रुपमा कायम राख्नुपर्ने अभिभारा आएको छ ।

पार्टी शिथिल अवस्थामा पुगेको बेला चुनौतीका बीच अध्यक्ष बनेका व्याञ्जूको काँधमा पार्टी एकताको अभिभारालाई निरन्तरता दिनुका साथै पार्टीको गतिविधिलाई क्रियाशिल बनाउनुपर्ने मुख्य जिम्मेवारी थियो । त्यसलाई आत्मसात गर्दै अघि बढेका व्याञ्जू सर्वोच्च अदालतको आदेशपछि नेकपाबाट नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएसँगै एमालेको संगठन विस्तार र पार्टी अभियानमा क्रियाशिल भए । जसको फलस्वरुप जिल्लामा अन्य पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेको संख्या पछिल्ला दिनमा समेत बढ्दै गएको छ । 

संकटको बेलामा पार्टीको नेतृत्वमा पुगेका व्याञ्जुकै नेतृत्वमा सबै पालिका र वडा अधिवेशन सफलतापुर्वक सम्पन्न भयो । एमाले काभ्रेमा २२ हजार संगठित सदस्य संख्या समेत व्याञ्जुकै नेतृत्वमा पुग्यो । उनकै नेतृत्वमा एमाले काभ्रेले पुस २३ गते शुक्रबार काभ्रेमा अहिलेसम्मकै ठूलो सभा आयोजना गर्दै एमालेको दशौं अधिवेशन उद्घाटन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ भने अधिवेशनअन्तर्गत बाँकी काम पनि सम्पन्न हुने क्रममा रहेको छ । 

नवौं अधिवेशनबाट नेकपा एमाले काभ्रेको उपाध्यक्षमा निर्वाचित भएका व्याञ्जु धुलिखेल नगरपालिकाका प्रमुखका साथै नेपाल नगरपालिका संघका अध्यक्षसमेत हुन् । एमाले काभ्रेको दशौं अधिवेशनको तयारी अघि बढेसँगै व्याञ्जु नै सर्वसम्मत निर्वाचित हुने चर्चा चलिरहेकै थियो । अध्यक्षका प्रमुख दाबेदारको रुपमा देखिएका सचिव नारायण पाण्डे पछि हटेसँगै व्याञ्जु सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षमा निर्वाचित भएलगत्तै व्याञ्जुमाथि तीनवटै तहका निर्वाचनमा नेकपा एमालेलाई जिल्लाको पहिलो शक्तिकै रुपमा कायम राख्नुपर्ने अभिभारा आएको छ । उनको नेतृत्वमा अब बन्ने नेकपा एमालेको जिल्ला कमिटीले यो अभिभारा सफलतापूर्वक सम्पन्न गरोस् । शुभकामना ।


प्रतिक्रिया



थप समाचारहरु