
काठमाडौं, ७ जेठ : पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौं लगायत देशभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ ।
काठमाडौं, ७ जेठ : प्रधानमन्त्री बाबुराम भट्टराईले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज नेकपा माले, माले समाजवादी र चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गरिएको हो । उनीहरुलाई राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सपथ ग्रहण गराएका छन् ।
काठमाडौं, ७ जेठ : राज्यपुनसंरचनाको बारेमा उत्पन्न विवाद समाधानका लागि प्रमुख दलहरु आज पनि छलफलमा जुट्दैछन । यसअघि ११ प्रदेशमा सहमति जुटाएका दलहरु, मधेसी मोर्चाको विरोधपछि राज्यपुर्नसंरचनामा साझा धारणा वनाउन आज पनि छलफल गर्न लागेका हुन् ।
काठमाडौं, ६ जेठ : व्यवस्थापिका संसदको भर्खरै सम्पन्न बैठकले जारी हुने संविधानको विधेयकलाई एकमुष्ठरुपमा पारित गर्न सकिने गरी अन्तरिम संविधान २०६३ को १२ औं संशोधन पारित गरेको छ। कूल ५ सय ३६ उपस्थितमध्ये ५ सय ३३ ले संशोधनको पक्षमा र बाँकी ३ जनाले विपक्षमा मत जाहेर गरे।
काठमाडौं, ७ जेठ : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो तीन बजेको लागि बोलाइएको बैठक एजेण्डा सार्वजनिक नगरिएको भए पनि सरकारको तर्फबाट केही विधेयक प्रस्तुत हुने संसद सचिवालय स्रोतले जनाएको छ ।
काठमाडौं, ७ जेठ : प्रधानमन्त्री डा बाबुराम भट्टराईले आदिवासी जनजातिले गरेको बन्दमा प्रेसका सवारी साधनमा भएको आक्रमणप्रति खेद ब्यक्तगर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलीफोन गरी प्रधानमन्त्रीले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।
नवलपरासी, ७ जेठ : पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वासा र तलसी नगरमा बन्द गराउदै हिडेका बन्दकर्ताले आज बिहान ४ बजे १० वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै एक समूहले सवारी साधनमा आगजनी गरेका हुन् । समूहले साइकल र नम्वर नखुलेका २ ओटा मोटरसाइकल जलाइदिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर, ६ जेठ : कञ्जनपुरमा आज निकालिएको सद्भाव र्यालीमा झडप हुनुका साथै स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएपनि थारु संघर्ष समितिले आन्दोलन जारी राखेपछि स्थानीयले सदभाव र्याली निकालेका थिए । झडपमा प्रहरी सहित १२ घाइते भएका छन् ।
काठमाडौं, ६ जेठ : वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासका कन्सुलर एसडी मेहताले एक मधेशको पक्षमा आन्दोलन गर्न स्थानीय दलका नेताहरुलाई उक्साएको भन्ने विषयलाई लिएर सत्ताधारी एकीकृत माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले मेहताको पुत्ला जलाएको छ ।
नवलपरासी, ६ जेठ : खडेरीले नवलपरासीको नवलपुर क्षेत्रको मकै खेती फल नलाग्दै सुक्न थालेको छ । लामो समय देखि वर्षा नहुदा यस क्षेत्रमा लगाइएको मकै फल नलाग्दै खेतमै सुकेर जाने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । मकै लगाउने वेलामा पानी परे पनि फल लाग्ने वेलामा पानी नपर्दा मकै खेतमै ओइलाएर सुकेको शिवमन्दिर ७ का किसान देविलाल खरालले बताउनुभयो ।
काठमाडौं, ४ जेठ : विहीबार पनि शेयर बजार सकारात्मकमै थामियो । कारोबार शुरु भएदेखि उच्च दरले बढेको बजार दुई पटक सर्किट ब्रेक पछि ओरालो लागेको हो । कारोबार शुरु भएको १० मिनेट मै नेप्से ३ प्रतिशतले बढेपछि १५ मिनटका लागि स्थगित गरिएको थियो ।
बेइजिङ, ७ जेठ : पछिल्ला दिनमा चीन र अमेरिकाबीच कूटनीतिक बिबादको कारण बनेका चीनका सामाजिक कार्यकर्ता अमेरिका पुगेका छन् । दृष्टिविहीन मानवअधिकारकर्मी चेन ग्वाङ चेनलाई अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले कानून विषय अध्ययनका लागि छात्रवृत्तिसहितको भिसा उपलब्ध गराएको थियो ।
वासिङ्टन, ६ जेठ : विश्वका धनी मुलुक जी–एटका नेताहरु यूरोजोनमा देखिएको आर्थिक संकटबारे छलफल गर्न अमेरिका पुगेका छन् । अमेरिका पुगेका विश्वका नेताहरुसँग अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रारम्भिक भेटवार्ता गर्नुभएको छ । ओबामाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति फ्रास्वाँ ओल्याण्डसँग पहिलो भेट गर्दै यूरोपमा देखिएको ऋण संकट समाधान गर्नु मूख्य मुद्दा रहेको बताउनुभयो ।
चलचित्र पत्रकार संघले आप्mनो स्थापनाका दिनलाई चलचित्र पत्रकार दिवसका रुपमा मनाउने क्रममा प्रदान गर्दै आएको चलचित्र पत्रकारित सम्मान, चलचित्र पत्रकारिता पुरस्कार र मोफसल चलचित्र पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गरिने भएको छ । चलचित्र पत्रकारिता दिवसको पूर्वसन्ध्या पारेर संघका अध्यक्ष विदुर गिरीको अध्यक्षतामा शनिबार संघको मैतीदेवीस्थित कार्यालयमा बसेको केन्द्रिय कार्यसमितीको बैठकले सो निर्णय गरेको हो ।
जर्मनी-यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । गएराती जर्मनीको म्युनीखमा सम्पन्न फाईनल खेलमा घरेलु टोली बायर्न म्युनीखलाई पेनाल्टी शुट आउटमा ४-३ ले हराँउदै चेल्सीले पहिलो पल्ट च्याम्पियन्स लिग जितेको हो ।

-सचिव, एनेकपा माओवादीपहिला मधेशी मोर्चा र माओवादीबीच भएको चारवुँदे सहमतिपछि गठन गरिएको सरकारलाई अवैधानिक भन्ने माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षले दलहरुबचि भएको पाँचवुँदे सहमतिपछिको सरकारलाई पनि त्यही संज्ञा दिएको छ । तत्काल पाँचवुँदे सहमति खारेज गर्नसमेत उक्त पक्षले माग गरेको छ । राष्ट्रिय सरकारको माग गर्दै आएको वैद्य पक्ष राष्ट्रिय सरकार गठन हुँदा पनि किन विरोधमा लागेको छ ? यसै विषयमा माओवादीको वैद्य पक्षीय नेता एवं पार्टीका एकजना सचिव सिपी गजुरेलसँगको कुराकानी :

वैशाख १० गते नेपाली वामपन्थि आन्दोलनको इतिहासमा र नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक दिन नेपाल कम्युनिष्ट पार्टीको विधिवत रूपमा जन्म भएको दिन, वि.सं. २००६ साल वैशाख १० गते नेपालका केही उत्साहि तथा क्रान्तिकारी युवाहरूले भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । आजको दिनलाई नेपालका कम्युनिष्ट क्रान्तिकारीहरूले पार्टी स्थापना दिवसका रूपमा धुमधामका साथ मनाउादै आएका छन् ।
इन्टरनेट संजालको ठूलो कम्पनी याहूका मुख्य कार्यकारी निर्देशक स्कट थम्पसनले पद छाडेका छन् । जागिरका लागि कम्प्यूटर साइन्समा डिग्री हासिल गरेको नक्कली बिबरण पेश गरेको आरोप लागेपछि उनले पद त्यागेका हुन् । जनवरीदेखि याहूका मुख्य कार्यकारी निर्देशक बनेका स्कट थम्पसन्सँग कम्प्यूटर साइन्समा डिग्री गरेको प्रमाण नभेटिएको याहूले जनाएको छ ।
धन कमाउन भन्दै विदेशिएका छोराको उतै मृत्यु भएको खवर आएपछि पर्वतको पिपलटारी गाउँमा डिकबहादुर बिकको परिवार शोकमा डुबेको छ । बिकको साउदी अरबमा दुर्घटनामा परी मृत्यु भएको हो । तीन साता बितिसक्दा पनि शव घर नआईपुगेपछि परिवारका सदस्यहरु थप चिन्तित बनेका छन् । आठ बर्षदेखि खाडीमा रोजगारीमा रहेका बिक साउदी अरबको ताइफमा अलयुनी इन्भेष्टमेन्ट एण्ड कन्ष्ट्रक्टीङ कम्पनीमा कार्यरत थिए ।
दिलबहादुर केसी/दोलखामाथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई
हातैको हत्केलामा गुँरास फुलाउँनेलाई ...
प्राकृतिक सौन्दर्यको मनुरम दृश्यावलोकनका लागि शैलुङ आकर्षक गन्तव्य रहेको छ । शैलुङ पुग्ने जो कोही पनि स्वर्गमा पुगेको अनुभव सुनाउँछन् । प्रकृतिले नै यसलाई स्वर्गको एक टुक्राको उपहारको रुपमा वयान गर्ने गरेका छन् ।